अवैध रुपमा ल्याउँदै गरेको कुखुराका चल्ला सहित २ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Feb 18 | 12:17 pm 2996

बाँके, फागुन ६ : कोहलपुर नगरपालिका–३ मदन चोकबाट भन्सार छली गरी अवैध रुपमा ल्याउँदै गरेको करिब २ लाख १६ हजार रुपैयाँ मूल्य बराबरको ३ हजार ६ सय वटा ब्रोइलर कुखुराको चल्ला सहित २ जनालई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत रुपैडियाका ललन सिद्धिकि र अमिन सिद्धिकि रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले भारतबाट भन्सार छली साईकलमा ल्याउँदै गरेको अवस्थामा उक्त कुखुराका चल्लासहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ दुवै जनालाई प्रहरीले थप कार्वाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज पठाएको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.