गीत प्रतिबन्ध लगाएकोमा विरोध प्रदर्शन : कम्युनिस्ट सरकार की पञ्चायत ‘रिर्टनस्’ ?

रिपोर्ट नेपाल | 2019 Feb 17 | 06:09 pm 1834

काठमाडौं, फागुन ५ : स्वतन्त्र नागरिकले चर्चित लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीतमा प्रतिबन्ध लगाएपछि प्रदर्शन गरेका छन् । शर्माको ‘लुट्न सके लुट कान्छा, अरू देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीत युट्युबबाट हटाएका थिए ।

उक्त गीत हटाएको विरोधमा आइतबार दिउँसो माइतीघर मण्डलामा गीत बजाएर विरोध प्रदर्शन गरेका हुन् । सयौँको सङ्ख्यमा भेला भएका युवाहरूले हटाइएको शर्माको गीत बजार नाचेका छन् । युवाहरूले सार्वजनिक रूपमा व्यंग्यात्मक नेपाली गीतलाई प्रतिबन्ध लगाउने कार्य घोर निन्दनीय भएको ठहराएका छन् ।

युवाहरुले ‘कम्युनिस्ट सरकार की पञ्चायत ‘रिर्टनस्’, गी बन्द हाेइन भ्रष्टचार बन्द गर’ लेखेकाे प्ले कार्डसहित प्रदर्शन गरेका छन् ।

भाषा, साहित्य, गीत, सङ्गीत, कलाकौशल भेष भूषा रीतिथिति आदिले मुलुकको हरेक वर्ग र समुदायको प्रतिविम्बन गराउने हुँदा विश्वमा नेपालीले रुचाएका पशुपति शर्माको गीतमाथि गरिएको प्रतिबन्धबाट सकारात्मक सन्देश नजाने निश्चित भएको पनि सङ्घको निष्कर्ष छ ।

नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै शर्माले ल्याएको ‘लुट्न सके लुट कान्छा बोलको गीत सत्तारुढ दल नेकपा निकट युवा सङ्घको दबाबमा हटाएका थिए ।गीत भाइरल भएपछि नेकपा कार्यकर्ताहरूले सामाजिक सञ्जालमा पशुपति शर्मा बहिस्कार अभियान चलाएका थिए ।

सार्वजनिक तथा सरकारी निकायमा भ्रष्टचारका कैयौँ घटनाहरू सार्वजनिक भइरहेका बेला शर्माले यही विषयलाई गीतमार्फत छेड गरेका थिए । गीतमा सरकारला ठूलै नेता भ्रष्टाचारमा संलग्न हुने र नडराई खुलेआम गर्ने गरेकाे समेटिएकाे छ ।

मास्टर डिग्री सकेर पनि जागिर खान नसकेको एक युवालाई अर्का एकजनाले लुट्न ‘प्रेरित’ गरिरहेको कथा गीतमा छ । सरकारी स्कुलमा जागिर खाने शिक्षकले आफ्ना सन्तान भने निजी स्कुल (बोर्डिङ) मा पढाएको, सरकारी अस्पतालको डाक्टरले निजी क्लिनिकमा बिरामी बोलाएको, सुब्बा तहको कर्मचारीले दुई वर्षमै घर ठड्याएको गीतका समेटिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.