जम्मु-कस्मिरमा भएको हमलामा परी ज्यान गुमाएका भारतीय सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण

रिपोर्ट नेपाल | 2019 Feb 17 | 04:59 pm 2155

वीरगन्ज, फागुन ५ : वीरगन्जका युवाहरूले भारतको जम्मु-कस्मिरमा भएको आतंकारी हमलामा परी ज्यान गुमाएका भारतीय सुरक्षाकर्मीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।वीरगन्जको घण्टाघर चोकमा शनिबार साँझ स्थानीयको अगुवाइमा युवाहरूले श्रद्धाञ्जली सभा र दीप प्रज्वलन कार्यक्रम गरेका हुन् ।

उक्त श्रद्धाञ्जली सभामा राष्ट्रिय जनता पार्टीका महासचिव राजेशमान सिंहले आतंकी हमलामा शहीद भएका भारतीय सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरे ।

भारत एक असल छिमेकी राष्ट्र रहेको र नेपाल भारतको सम्बन्ध पनि प्रगाढ रहेकोले मित्र राष्ट्रले गुमाएको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै भारतको यो राष्ट्रिय शोकको घडीमा नेपाली नागरिक साथ रहेको श्रद्धाञ्जली सभाका अन्य सहभागीहरूले प्रतिबद्धता जनाए ।

सञ्जाल पर्साका संयोजक महमद सगिर अलिको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा प्रदेशसभा सदस्य रमेश कुर्मी, राजपा पर्साका अध्यक्ष प्रेमबाबु पटेल, राष्ट्रिय विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष मधुसुदन चौरसिया, ठाराब ईकाई अध्यक्ष अमित यादव, सञ्जालकी उपाध्यक्ष पूजा गिरी, अनीश कुशवाहा लगायतका युवाको सहभागिता रहेको थियो ।

गत बिहीबार कश्मिरको पुलवामामा भएको आतंकी हमलामा भारतका केन्द्रीय रिजर्व पुलिस फोर्स (सीआरपीएफ) का ४० जना जवानको ज्यान गएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.