बुटवल, फागुन ४ : बुटवलको बसपार्कबाट प्रहरीले तीस केजी चरेस बरामद गरेको छ । आज शनिबार साँझ चेकजाँच गर्ने क्रममा उक्त चरेस बरामद गरेको हो ।
चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको विस्तृत विवरण भने आउन बाँकी रहेको स्रोतले जनाएको छ ।