त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीले दिए अनिश्चितकालीन धर्ना

रिपोर्ट नेपाल | 2019 Feb 15 | 06:45 pm 1677

  • नविन राई

कीर्तिपुर, फागुन ३ : विभिन्न सात माग बुँदे राख्दै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा विद्यार्थीहरू अनिश्चितकालीन धर्नामा बसेका छन् । सेमिस्टर प्रणालीमा भएका त्रुटि सच्याउनु पर्ने माग गर्दै  विद्यार्थीहरूले आज (शुक्रबार) उपकुलपतिको कार्यालय अगाडी अनिश्चितकालीन धर्ना दिएका हुन् ।

परीक्षाको नतिजा जिपीए र डिभिजन दुबैमा प्रकाशन भएकाे  विद्यार्थीहरूले आपत्ति जनाएका छन् । सेमेस्टर सिस्टम परीक्षा दिएपछि नतिजा  ग्रेड प्वाइन्ट एभरेज  (जिपीए) मा मात्रै आउनु पर्ने विद्यार्थीहरूले माग राखेका छन् ।

त्यस्तै जिपीएमा ‘बि माइनस’लाई अनिवार्य ‘ट्रान्सकिप’ दिनु पर्ने,  विद्यार्थीहरूले प्राप्त गरेको जिपीए सिङ्गल डिजिटम  ( 0,३,७) मा नभई डबल डिजिटमा हुनु पर्ने । र यसलाई सेकेन्ड डिभिननको महत्त्व दिइनु पर्ने,  आन्तरिक परीक्षामा प्राप्त गरेको  प्राप्तांक बाह्य वा फाइनल परीक्षाको अङ्क भन्दा कम आएको खण्डमा घट्ने व्यवस्था हटाउनु पर्ने माग राखेका छन् ।

प्रत्येक सेमिस्टरका विद्यार्थीले आफ्नो ग्रेड बढाउन चाहेको खण्डमा पुन: ग्रेड बढाउन पाउने गरी परीक्षामा दिन पाउनु पर्ने, प्रश्नपत्र नेपाली र अङ्ग्रेजी दुवै भाषामा सोध्नु पर्ने र प्रश्न पत्रमा वैकल्पिक प्रश्न पत्रहरू समावेश गर्नु पर्ने  समेत माग राखेका छन् ।

प्रदर्शनको क्रममा ९ विद्यार्थी घाइते भएका छन् । प्रहरीको लाठी चार्जबाट मंगल थापा, रामजी बेलवासे, सविता बुर्लाकोटी, प्रशान्त विष्ट, नरेन्द्र बोगटी, भुपेन्द्र पाण्डेलगायत नै विद्यार्थी घाइते भएका हुन् । प्रदर्शन नियन्त्रण गर्नका लागि प्रहरीले अश्रु ग्यास प्रहार समेत गरेका थिए ।

रेक्टरको कार्यालय तथा शिक्षा शास्त्र सन्काए केन्द्रीय विभागमा बिहिबार ज्ञापन पत्र बुझाई ताला बन्दी गरेका छन् । उपकुलपति र डिन मेची महाकली अभियानको लागि सोलुखुम्बु गएकाले वार्ता हुन नसकेको विद्यार्थीले के आर पाण्डुलीपिले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.