‘लुट्‍न सके लुट् कान्छा, नेपालमै छ छुट’ (भिडियो सहित)

| 2019 Feb 14 | 09:52 pm 4059

काठमाडौं, फागुन २ : नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै चर्चित लोकदोहोरी गायक पशुपति शर्माले नयाँ सार्वजनिक गरेका छन्।

‘लुट्न सके लुट कान्छ, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको उक्त गीत गायक शर्माले बिहिवार आफ्नै आधिकारीक युट्‍युब च्यानलमार्फत भिडियो सहित सार्वजनिक गरेका हुन्।

देशमा चलिरहेको भ्रष्टाचार , हत्या, हिंसा र बलात्कार जस्ता विषयलाई पशुपतीले गीतमा निकै मार्मिक ढंगले  समेटेका छन,यसो त पशुपती शर्माका प्राय गीत जनचेतना मुलक र ब्यांग्यात्मक हुने गर्दछन। उनले यो गीत मार्फत पनि सरकारलाई गतीलो झटारो प्रहार गरेका छन्।

गीतमा शब्द अनी संगीत पनि गायक शर्माको आफ्नै रहेको छ। गीतको म्युजिक भिडियोमा पशुपती शर्मा, मञ्जु विक र प्रज्योल भण्डारी देखीएका छन्।

भिडियोलाई निर्देशन दुर्गा पौडेलले गरेका हुन भने छायांकन पनि दुर्गा पौडेलले नै गरेका छन्। यसको सम्पादन नबिन घर्ती मगरले गरेका हुन्।

भिडियो

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.