चुनावबाट भाग्‍न खोज्‍नेलाई सेनको चेतावनी

रिपोर्ट नेपाल | 2019 Feb 14 | 09:08 am 2682

काठमाडौं , फागुन २ : नेपाली कांग्रेस गुल्मीका पूर्वसभापति त्रैलोक्य प्रताप सेनले महाधिवेशन प्रतिनिधि बन्‍न बुथबाटै जितेर आउनुपर्ने प्रावधान बंग्याउन खोजे राम्रो नहुने चेतावनी दिएका छन्।

यसअघि बसेको महासमिति भेलाले महाधिवेशन प्रतिनिधि बन्‍न बुथबाटै जितेर आउनुपर्ने प्रावधान राखेको थियो। तर, कांग्रेस केन्द्रीय समितिले तलबाट जितेर आउनु नपर्ने प्रवधान राख्‍ने खोजेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

उनले पार्टी हाँक्छु भन्‍ने नेताले यस्तो गर्न खोज्‍न नपुंसकता तथा कायरता भएको आरोप लगाएका छन्।

उनले भनेका छन्, ‘बाहिर चर्चा सुन्नमा आई रहेको छ-कांग्रेस केन्दीय समितिको बैठकमा विधान परिमार्जनको छलफलमा केहि वरिष्ठ नेताहरुले महाधिबेशनमा प्रतिनिधि बन्‍न तलैबाट आउन नपर्ने, स्वतः पाउनु पर्ने अडान राख्दै हुनुहुन्छ रे ! मलाई विश्वास लागेको छैन यो कुरामा । किनकी पार्टि हांक्छु भन्ने नेता यति नपुंसक एवं कायर कसरी हुन सक्छ? अनि सिंगो महासमितिकेा निर्णय बदल्ने हक कहां छ? यदि यो कुरा सत्य हेा भने खबरदार!’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.