काठमाडौं, फागुन १ : प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ।
सुरुवा हुनेमा झापामा दिनेश राज मैनाली, सर्लाहीमा गोपाल चन्द्र भट्टराई, मकवानपुरमा मुकेश कुमार सिंह, एक नम्बर गणमा दीपक राज खरेल, रौतहटमा भुपेन्द्र बहादुर खत्री, पथलैया ट्राफिकमा योगबहादुर पाल, कञ्चनपुर दिनेश कुमार आचार्य छन्।
त्यसैगरी बागलुङमा कृष्णहरी शर्मा पोखरेल, दङ्गा गण हेटौंडामा ध्रुवराज राउत, पहरा गणमा कुबेर कडायत,अपराध महाशाखामा केदार ढकाल, प्रहरी एकेडेमीमा दीपक रेग्मी परेका छन्।

