विश्वभाषा हेर्ने जिम्मेवारी विकेसलाई

रिपोर्ट नेपाल | 2019 Feb 12 | 08:03 pm 3162

काठमाडौं, माघ २९ : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विश्व भाषा क्याम्पसको इकाइ सभापतिको रुपमा दमाई सिं लामा ( बिकेस लामा) लाई जिम्मेवारी प्रदान गरेको छ ।

लामो समयदेखि क्याम्पस इकाइविहीन थियो । नेविसंघको विद्यान २०२७ को सातौँ संशोधन ०७५ बमाजिम लामालाई जिम्मेवारी प्रदान गरिएको हो । निवर्तमान ने.वि.संघ केन्द्रिय अध्यक्ष नैनसिहं महरले रिक्त रहेको विश्वभाषा क्यम्पस इकाई सभापतिमा लामालाई कार्यकालको शुभकामनासहित सभापतिको ज़िम्मेवारी दिएका हुन् ।

विश्वभाषामा रहेर विद्यार्थीहरुको हक हितका लागि लड्दै आएका लामालाई मंगलबार विश्वभाषा क्याम्पस प्रशासनलगायत टिमले कार्यकालको शुभकामना दिएका छन् । ‘मेरो लागि यो थप जिम्मेवारी हो । मलाई माया गर्नुहुने÷सहयोग गर्नुहुने सम्पूर्ण शिक्षक,बिद्यार्थी साथी, नेता साथीहरू सबैमा आभार प्रकट गर्दछु।’ सभापति लामाले आफूलाई अझ विद्यार्थीहरुको सेवा गर्ने मौका दिइएको प्रति आभार प्रकट गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.