काँग्रेसका जनप्रतिनिधिले गरे कृष्णपुर नगरपालिकाको नगरसभा बहिष्कार

रिपोर्ट नेपाल | 2019 Feb 10 | 07:30 pm 2190

कञ्‍चनपुर,  माघ २७ : नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले कृष्णपुर नगरपालिकाको चौंथो नगर सभा बहिष्कार गरेका छन् ।

कांग्रेसबाट निर्वाचित ९ जना जनप्रतिनिधिहरुले  आर्थिक प्रतिवेदन शीर्षक अनुसार क्रमिक रूपमा नगर कार्यपालिकामा छलफल नभई सभा सञ्चालन गरेको भन्दै आइतबार एक विज्ञाप्ति जारी गरी नगर सभा बहिष्कार गरेका हुन् ।

सङ्घ, प्रदेश र सांसद क्षेत्र विकास कोषको रकम योजनामा विनियोजित रकमको उपभोक्ता समिति गठन गर्दा कांग्रकोतर्फबाट जनप्रतिनिधि भएको वडामा कुनै जानकारी नगराई उपभोक्ता समिति गठन गरी जनप्रतिनिधिको अपमान गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक वर्ष २०७३/७४ र ०७४/७५ काे शीर्षक अनुसार खर्च प्रस्तुत गर्ने नगर प्रमुखले आश्वासन दिँदै आएको तर चौथो नगर सभासम्म पनि कुनै पनि विषयमा आय व्यय हालसम्म पनि नदेखाएको विज्ञप्तिमा जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.