काठमाडौंको गोंगबुमा १ लाख ५१ हजार रूपैयाँ नक्कली नोट भेटियो

| 2019 Feb 10 | 02:45 pm 2062

काठमाडौं, माघ २७ : काठमाडौँको गोंगबुमा ठुलो परिमाणमा नक्कली नोट फेला परेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले शनिबार राति नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको हो । गोंगबुस्थित गौमती सिर्पालीको घरमा डेरा गरी बस्ने ओमबहादुर कुँवरलाई नक्कली नोटसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

नक्कली नोटको कारोबारमा संलग्न हिक्मत मियाँ भने फरार भएका छन् । प्रहरीले कुँवरको दराजबाट एक हजार दरका ११ वटा र मियाँको कोठाबाट १४१ वटा नक्कली नोट फेला पारेको हो । मियाँको खोजी भइरहेको प्रहरीले बताएको छ ।

उनीहरुको साथबाट ५० थान पासपोर्ट पनि बरामद भएको छ । प्रहरीले ती पासपोर्टलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाउने तयारी गरेको छ । प्रारम्भिक अनुसन्धानले उनीहरु मेनपावर एजेन्ट भएको देखिएको छ । उनीहरुले ती नोट कलर प्रिन्टरबाट फोटोकपी गरेको जस्तो देखिन्छ । ती नोट बजारमा पुगेको हुनसक्ने आशंकामा प्रहरीले सर्वसाधारणलाई सचेत रहन समेत सुझाव दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.