पर्ने भयो जानकी मन्दिर विश्व सम्पदा सूचीमा

रिपोर्ट नेपाल | 2019 Feb 08 | 08:05 am 2166

धनुषा, माघ २४ : नेपालको विभिन्न धार्मीक तथा सांस्कृतिक सम्पदाहरुलाई विश्व सम्पदामा सूचिमा सूचिकृत गरिसकेका छन् त्यस्तै जनकपुरको जानकी मन्दिरलाई पनि विश्व सम्पदा सूचीमा राखिने भएको छ ।

पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गरेका थिए ।

उपमहानगरप्रमुख साहका अनुसार विश्वसम्पदा सूचीमा राख्न अधिकांश प्रक्रिया पूरा भए पनि अझै केही बाँकी रहेको मनहर्टले जानकारी दिएको बताए । मनहर्टले विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पूर्वाधारसम्बन्धी पुस्तक आफूलाई दिएको र त्यही बमोजिम बाँकी प्रक्रिया पूरा गर्न आग्रह गरेका पनि बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.