मोरङ, माघ २४ : पूर्वराजा ज्ञानेन्द्र शाहलाई लगाई दिन उनेको माला एक महिलाले सडकमै फ्याँकिदिएकी छिन् । पूर्वराजा शाहलाई लगाई दिन नपाएपछि ५४ वर्षीय धनरानी अधिकारीले फूलको माला सडकमै फालिदिएकी हुन् ।
नेपाल विद्धत परिषद क्षेत्रिय कार्यसमिति सुन्दर हरैचा मोरङले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रममा बिहान ११ बजेदेखि पूर्वराजा शाहलाई फूलको माला लगाई दिनका लागि सडकमा उभिएकी थिइन् । उनी पूर्वराजालाई कुरेर बसेकी थिइन । अपरान्ह ४ ३५ बजे प्रवेशद्धार आईपुगेका पूर्वराजा ज्ञानेन्द्र सिधै मिनी दरबार पसेका थिए।
ढाका टोपी, दौरा सुरूवाल र राष्ट्रिय झन्डासहित बसेका समर्थकले पूर्वराजा ज्ञानेन्द्रले गाडी नरोकेपछि उनलाई लगादिन हातमा लिएको सयपत्रीको माला आफैं लगाएका थिए।
राप्रपा प्रदेश नम्बर १ का अध्यक्ष राम थापालगायतका सयौं समर्थक ज्ञानेन्द्रलाई स्वागत गर्न नपाएपछि जिल्ल परेका थिए। मोरङको विराटचोकमा स्वागतद्धार नै निर्माण गरेर बसेका सयौं समर्थक पूर्वराजा ज्ञानेन्द्रले गाडी नरोकी अघि बढाएपछि निरास भएका थिए। पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि पूर्व(पश्चिम राजमार्गको विराटोचौकमा रातो कार्पेटसमेत ओछ्याइएको थियो।