रवि लामिछानेको नेतृत्वमा बन्दै गरेको हस्पिटलको लागि इशा गुरुङले २४ लाख संकलन गरिन्

रिपोर्ट नेपाल | 2019 Feb 07 | 03:49 pm 2323

काठमाडौँ, माघ  २४ : चर्चित सामाजिक अभियानता अर्थात् समाजसेवी इशा गुरुङको नेतृत्वमा कालिकोटमा बन्दै गरेको रासकोट सामुदायिक अस्पतालकाे लागि २४ लाख १ सय रुपैयाँ सङ्कलन भएको छ । चर्चित सञ्चारकर्मी रवि लामिछानेको नेतृत्व बन्दै गरेको रासकोट सामुदायिक अस्पताल लागि समाजसेवी गुरुङले अहोरात्र खटिएर २४ लाख सङ्कलन  गरेका हुन्।

लगभग तीन करोड लगानीमा बन्दै गरेको हस्पिटल कर्णाली जननाकालागि मात्रै नभएर नेपालमै एक नमुना हस्पिटलको रूपले लिइएको छ । गरिब जनता समयमै उपचार नपाएर अकालमै मृत्युको मुखसम्म पुगेको धेरै घटनाहरू विगतमा घटिसकेकोले यस्तो अब नहोस् भन्दै यस अभियानमा जनता आफै जागरुक भएको देखिन्छ ।

ज्यान बेलायतमा भए पनि मन नेपाल मा भएकाले कुनै पनि विरोधीहरूको कुरा नसुनेर देश र जननाकालागि यस्ता अभियानहरूले निरन्तरता पाउने जिकिर गरिन् ।

उनले भने अनुसार यो अभियान बन्द भएको र अहिलेसम्म उठेको जम्मा रकम २४ लाख १ सय रुपैयाँ रहेको जनाएकी हुन् । देश तथा विदेशबाट मन खोलेर सहयोग गर्नुहुने सबै महान् अभियानताहरुलाई विशेष धन्यवाद दिँदै अभियान सफल भएकोमा खुसी व्यक्त गरिन्

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.