बारा, २३ माघ : स्वतन्त्र मधेसका लागि राजनीतिक गतिविधि गर्दै आएका डा. सिके राउतका नौ कार्यकर्तालाई प्रहरीले ‘राज्यद्रोह’ को मुद्दा चलाएको छ । जानकी गाउँपालिका–२ बाट इलाका प्रहरी कार्यालय कोहलपुर उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सिराहाका बिसुनदेव ठाकुर, महोत्तरीका सन्तोष मण्डल, संजय यादव, सुनसरीका श्रीराम चौधरी, सप्तरीका सत्यनारायण साह, सिराहाका सुदिप कुशवाहा, बाराका बिनोद यादव, रौतहटका बीरेन्द्र साह र पर्साका सञ्जयकुमार साह छन् ।
बर्दियामा उपेन्द्र यादवलाई कालोझण्डा देखाउँदा पक्राउ परेरपछि मृत्यु भएका राम मनोहर यादवको सोमबार दाहसंस्कार गर्ने क्रममा विखण्डनकारी नाराबाजी गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका सिके राउतका कार्यकर्तामाथि राज्यद्रोह मुद्दामा म्याद लिएर अुनसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।