लाओस भ्रमण सकेर नेकपा वरिष्ठ नेता नेपाल स्वदेश फिर्ता

रिपोर्ट नेपाल | 2019 Feb 05 | 06:48 pm 1817

काठमाडौँ, माघ २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फर्किएका छन् । लाओ पिपुल्स रिभोलुसनरी पार्टी तथा जनवादी गणतन्त्र लाओसको निमन्त्रणामा गत माघ १६ गते गएका नेता नेपाल आज स्वदेश फर्किएका उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

नेकपा र रिभोलुसनरी पार्टीका साथै दुबै देशबीच सम्बन्ध सुधारबारे नेता नेपालले त्यहाँका उपराष्ट्रपति फाँखाम भिफाभान्हसँग छलफल गरेका नेपालसँगै फर्किएका नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

उक्त प्रतिनिधिमण्डलले ल्वाङ प्रोमाङ प्रदेशका सरकार र राजनीतिक दलसँग सरकार सञ्चालनबारे छलफल गर्नाका साथै नामजिमनाम हाइड्रोपावरसमेत अवलोकन गरेको थियो । गत सोमबार लाओ पार्टीका विदेशविभाग प्रमुख सुनथोङ सायादापसँग पनि नेता नेपालले भेटवार्ता गर्नुभएको केन्द्रीय सदस्य रिजालले जानकारी दिए ।

प्रतिनिधिमण्डलमा नेकपाका स्थायी समिति सदस्य लिलामणि पोखरेल, छविलाल विश्वकर्मा तथा नेकपाकै केन्द्रीय सदस्य जयन्ती राई, बीना श्रेष्ठ, केन्द्रय सदस्य रिजाल र अलि अख्तर सहभागीको सहभागीता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.