धादिङ, माघ २२ : अवैध रुपमा पेस्तोल बोकी हिडेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खनियाबास गाउँपालिका–५ सत्यदेबीका ३० वर्षीय आषिश थापा मगर, २५ वर्षीय नारायाण थापा मगर र २३ वर्षीय बिशाल गुरुङ रहेका छन् । उनीहरुको साथबाट चाईनिज पेस्तोल १ थान र गोली ७ राउण्ड सहित प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको गंगाजमुना गाउँपालिका–५ स्थित श्री मण्डली उच्च माबिमा भईरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुरक्षार्थ खटिएको ईलाका प्रहरी कार्यालय फुलखर्कका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई उक्त हतियार सहित पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।