आज विश्व क्यान्सर दिवस, सरकारसँग छैन यकिन तथ्याकं

| 2019 Feb 04 | 12:17 pm 1669

काठमाडौं, माघ २१ : आज विश्व क्यान्सर दिवस मनाइँदैछ। हरेक वर्ष फेब्रुअरी ४ तारेखमा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ। ‘म हुँ र म गर्छु’ भन्ने मुल नाराकासाथ यो वर्षको विश्व क्यान्सर दिवस मनाउन लागिएको हो।पछिल्लो समय नेपालमा क्यान्सर भयावह रुपमा देखापर्न थालेको छ।

सार्क फेडरेसन अफ वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र प्रसाद बरालले नेपालमा दैनिक रुपमा क्यान्सरका बिरामी बढीरहेको बताए।

पछिल्लो समय नेपालमा पुरुषमा फोक्सो र महिलालाई पाठेघरको क्यान्सर अत्यधिक मात्रामा देखापर्ने गरेको जानकारी दिँदै उनले सुरुमै क्यान्सर रोग पत्ता लगाउन सके क्यान्सरलाई जित्न सकिने बताए।

नेपालमा हाल करीब ६५ हजार क्यान्सर रोगी भएको बताइएको छ। तर, सरकारसँग यसको यकिन तथ्याकं भने छैन। विश्व स्वास्थ संगठनका अनुसार विश्वमा नसर्ने रोगको प्रकोप बढीरहेको छ।

विश्व स्वास्थ्य संगठनले करिब ४५ प्रतिशत क्यान्सर रोकथाम गर्न सकिने, एक तिहाइ क्यान्सर उपचारबाट निको बनाउन सकिने र बाँकी बिरामीलाई पनि उपचारबाट आरामदायी आयु लम्ब्याउन सकिने जनाएको छ।

क्यान्सरका लक्षणहरूमा स्वर परिवर्तन हुनु, दुब्लाउदै जानु, शरीरमा गाँठागुठी वा गिर्खा देखिनु, भोक नलाग्नु, कोठी वा मुसाको आकार देखापर्नु, धकाई बढी लाग्नु , लामो समयसम्म घाउ निको नहुनु, लगातार खोकी लाग्नु, महिनावारी हंँदा रगत बढी जानु जस्ता लक्षण क्यान्सर रोगका लक्षण हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.