काठमाडौं, माघ २० : भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्य नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई भारतका लागि आवासीय राजदूत नियुक्त गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा निलाम्बर आचार्यलाई भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन्।
गत कार्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई भारतको राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो ।