डोनाल्ड ट्रम्प ठान्छन्- नेपाल र भुटान भारतीय भुभाग !

रिपोर्ट नेपाल | 2019 Feb 03 | 02:50 pm 2226

काठमाडौं, माघ २० : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र भुटानलाई भारतकै अंग ठान्ने गरेको अमेरिकी गुप्तचर अधिकारीले बताएका छन् ।

स्क्रोल डट इनले टाइम म्यागजिन उदृत गर्दै राष्ट्रपति ट्रम्पका सल्लाहकारले दक्षीण एसियाको बारेमा नक्सा देखाउंदै ब्रिफिङ् गर्दा ट्रम्पले नेपाल र भुटान भारतकै भाग हुन कि? भन्दै प्रश्न गरेकाे जनाएकाे छ ।

नेपाल एक स्वतन्त्र देश हो भन्ने थाहा पाएपछि ट्रम्पले भुटानको नक्सा हेर्दै यो भारतको अंग थियो की भनि प्रश्न गरेका थिए।

सन् २०१७ अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंगको बैठक अघि अधिकारीहरुसंगको ब्रिफिङ्मा ट्रम्पले नेपाललाई ‘निप्पल’ र भुटानलाई ‘बटन’ भनि गलत उच्चारण गरेको पोलिटिको म्यागेजिनले जनाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.