आजको संसद बैठकमा कांग्रेसले अवरोध नगर्ने

| 2019 Feb 03 | 11:50 am 1521

काठमाडौं, माघ २० : प्रमुख विपक्षी नेपाली कांग्रेसले सदनको अवरोध हटाउने भएको छ।

आइतबार संसदको बैठक दिउँसो ३ बजे बोलाइएको छ । बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवाले सम्बोधन गर्नेछन्। त्यसपछि संसद सुचारु हुनेछ ।

गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल केन्द्र सरकार मातहतमा राख्नुपर्ने माग सम्बोधन भएपछि कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षालाई मुद्दा बनाएको थियो।

डा केसीले एकतर्फी रुपमा अनसन तोडेपछि कांग्रेसले संसदमा अवरोध नगर्ने भएको हो। मुख्य सचेतक बालकृष्ण खाँडले संसदीय दलको नेता देउवाले सम्बोधन गरेपछि संसद सुरु हुने जानकारी दिए।

यसैबीच संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल गर्न आजै कांग्रेस संसदीय दलको बैठक पनि बोलाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.