मणिकर्णिकाः द क्वीन अफ झाँसी – ६० करोडभन्‍दा बढीको व्यापार

रिपोर्ट नेपाल | 2019 Feb 02 | 05:17 pm 1973

मुम्बई– बलिउड क्वीन कंगना रनावतको फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ले ६० करोड भन्दा बढीको कारोबार गरेको छ। फिल्मले अपेक्षित व्यापार गरेपछि कंगनाले सक्सेस पार्टी समेत आयोजना गरेकी छिन्।

ट्रेड एनालिस्ट तरुण आर्दशका अनुसार मणिकर्णिकाले शुक्रवारसम्म भारतमा कुल ६४.६५ करोड कारोवार गरेको छ। यो आँकडा हिन्दी, तमिल, तेलगु भर्सनको हो।

मणिकर्णिकामार्फत निर्देशनमा डेब्यु गरेकी कंगनाले फिल्मको व्यापारलाई सन्तोषजनक भनेकी छिन्। झाँसीकी रानी लक्ष्मीबाईको जीवनमा आधारित फिल्ममा उनी मुख्य भूमिकामा छिन्। रानी लक्ष्मीबाई भारत वर्ष स्वतन्त्रता संग्रामकी एक योद्धा हुन्। उनी ब्रिटिस साम्राज्यवाद विरुद्ध लडेकी थिइन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.