काठमाडौँ, माघ १८ : डा. गोविन्द केसीले एकतर्फी रुपमा १६ औं आमरण अनसन अन्त्य गरेका छन् । शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै २४ औं दिनमा डा. केसीले अनसन तोडेका हुन् ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको पहलमा डा. केसीले २४ औं दिनमा अनसन तोडेका हुन् । केसीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनसन तोडेको उनले बताएका छन् ।
केसीलाई नागरिक समाजका अगुवा र शुभेच्छुकले धेरै दबाब दिएपछि केसी अनसन तोड्ने निर्णयमा पुगेका हुन् । केसीले शुक्रबार बेलुका ७ बजे त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलमा पत्रकार सम्मेलन आयोजना गरेकाे थियाे ।