‘कम्युनिष्ट सरकार हिन्दु धर्म मास्ने अभियानमा लागेको छ’

| 2019 Feb 01 | 04:51 pm 1848

काठमाडौं, माघ १८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को शुक्रबार एकीकरण भएको छ । दुई पार्टी मिलेर बनेको नयाँ पार्टी राप्रपा संयुक्त को घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा नवगठित एकीकृत पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले रापैपाले मूलधार आफूहरु भएको दावी गरे । उनले भने, ‘हामी कमल थापाको राप्रपा  र लोकेन्द्रबहादुर चन्दलाई पनि यो पार्टीमा आउन अनुरोध गर्छौँ, यो एकताको सुरूवात मात्र हो अन्य भंगालो आएर हामी विशाल महाकाली बन्छौँ।’

जबराले कम्युनिष्ट नेतृत्वको सरकार हिन्दु धर्म मास्ने अभियानमा लागेको आरोप समेत लगाए ।  राणाले केपी ओली नेतृत्वको सरकारले जनताको आशा निराशामा बदलेको आरोप पनि लगाए। ‘सरकारको दश महिने कार्यकाल शून्य अवस्थामा छ, यो भ्रष्ट सरकार हो’, राणाले भने, ‘कम्युनिस्ट पार्टीले भ्रष्टाचार विकेन्द्रीकरण गरेर नगर र गाउँमा पुर्‍याएको छ’, उनले भने, ‘कम्युनिस्टले चुनावमा सिंहदरबारको अधिकार गाउँमा पुर्‍याउछौँ भनेका थिए।तर भ्रष्टाचार घरघरमा पुर्‍याए।’

उनले सम्पूर्ण प्रजातन्त्रवादीहरु एक भई सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने पनि बताए । ‘राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले नयाँ अभियान सुरु गरेर सडक तताउनेछ । त्यसका लागि सहयोग पाउँ’ उनले भने । अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अब हिन्दू राज्यका लागि आन्दोलन गर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.