काठमाडौँ, माघ १८ :सरकारले अनसनरत डा.गोविन्द केसीप्रति एक्यबद्धता जनाउँदै देशभरको स्वास्थ्य संस्थाको ओपिडी सेवा ठप्प पार्ने चिकित्सकलाई कारवाहीको चेतावनी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै बिरामीको सेवामा नलागी आन्दोलन गर्ने चिकित्सकलाई सेवा सञ्चालन ऐन, २०१४ बमोजिम कारवाही गर्ने चेतावनी दिएको हो ।
मन्त्रालयले यसअघि पनि स्वास्थ्यकर्मी र चिकित्सकलाई आन्दोलन छोडेर सेवामा आउन अपिल गरेको थियो । तर चिकित्सकले आन्दोलनका कार्यक्रम नरोकेको भन्दै पुनः चिकित्सकले सोही रवैया दोहो¥याए कारवाही गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
डा. गोविन्द केसीको पक्ष लिँदै चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थामा ओपिडी सेवा ठप्प पारेपछि अस्पतालमा बिरामीले सास्ती भोगेका छन् भने विभिन्न अस्पतालमा टीकट काउन्टर पनि बन्द गरिएको छ ।