आलियाले १३ करोडमा किनिन् तेश्रो अपार्टमेन्ट

रिपोर्ट नेपाल | 2019 Jan 30 | 09:08 am 2134

मुम्बई- बलिउडमा नम्बर १ स्थानका लागि प्रबल दाबेदार बनिरहेकी नायिका आलिया भट्टको सफलता लोभलाग्दो छ ।

आलियालाई लिएर चलचित्रदेखि विज्ञापनमा काम गर्न चाहनेको लाइन लामो छ । आलियाले काम गरेका चलचित्र ब्याक टू ब्याक हिट भएपछि उनको माग चर्को छ । यसैले पनि आलियाको आम्दानी पनि लोभलाग्दो नै छ ।

आलियाले अपार्टमेन्ट खरिदमा पनि लगानी गरिरहेकी छिन् । उनले हालैमात्र, जुहुमा महंगो रकममा अपार्टमेन्ट किनेकी छिन् । जुहुमा उनले किनेको अपार्टमेन्टको मुल्य १३ करोड बताइएको छ । २३ सय स्क्वायर फिटमा फैलिएको यो अपार्टमेन्ट खरिद गरेपछि आलियासँग ३ वटा अपार्टमेन्ट भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.