ठगी मुद्दामा फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 29 | 02:46 pm 2105

काठमाडौं, माघ १५ : विभिन्न प्रलोभन देखाई ठगी गरेको आरोपमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान नगरपालिका वडा नम्बर–३ स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर–१३ बस्ने हेम बहादुर घले रहेका छन् ।

ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७४ भदौ १५ गतेको फैसलाले नौं लाख सतासी हजार चार सय छैसठ्ठी जरीवाना र ६ महिना कैदको फैसला पश्चात् उनी फरार रहेका थिए ।

फरार रहेका अभियुक्तलाई व्यूरोबाट खटीएको टोलीले २०७५ माघ १४ गते जावलाखेल, ललितपुरबाट पक्राउ गरेको छ । निजलाई आज मंगलबार फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।

काठमाडौं जिल्ला अदालतमा पेश गरीएका अभियुक्त घलेलाई अदालतको आदेशले कैद भुक्तानको लागि आज नै कारागार कार्यालय डिल्लीबजारमा पठाईएको जानकारी प्राप्त भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.