काठमाडौं, माघ १४ : युनाइटेड अरब ईमिरेट्स (युएई) संगको पहिलो एकदिवसीय सिरिजको अन्तिम निर्णायक खेलमाआयोजक युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपाललाई २५६ रनको लक्ष्य दिएकाे छ।
आईसीसी एकेडेमी ओभलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले पूरा ५० ओभर खेल्दै ६ विकेट गुमाएर २५५ रन बनाएको हो । खेलमा नेपालका करण केसीले व्यक्तिगत दोस्रो विकेट लिएका थिए ।
करणले सीपी रिजवानलाई पवेलियनको बाटो देखाएका हुन् । यसअघि छैटौं ओभरमा करणले चिराग सुरीलाई विकेटकिपर विनोद भन्डारीमार्फत क्याच गरेका थिए । करणबाहेक नेपालका कप्तान पारस खड्का, सन्दीप लामिछाने, सोमपाल कामी १–१ विकेट लिएका छन् ।