१०० बोतल लागूऔषध सहित २ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 27 | 09:37 pm 2287

बारा, माघ १३ : लुकाइछिपाई ल्याएको ठूलो संख्यामा लागूऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा सुवर्ण गाउँपालिका वडा नम्बर–३ जमुनियाका पवन कुमार यादव र नाम परिवर्तित  ए रहेका छन् ।

उनीहरुलाई महागढीमाई नगरपालिका वडा नम्बर–८ धर्मचोकबाट तालुक संघिय प्रहरी ईकाई कार्यालय जनकपुर र बरियापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उक्त लागूऔषध सहित पक्राउ गरिएको छ ।

बिआर २२ एम ९५३४ नम्बरको मोटरसाइकल चेक गर्दा ONEREX(Codeine Phosphate) १०० ML  नामक १०० बोतल लागूऔषध फेला परी पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.