मकवानपुर, माघ १३ : अवैधानीक रुपले राखेको भरुवा बन्दुक र त्यसमा लगाउने बारुद सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढी गाउँपालिका–२ गढीका ६८ वर्षीय हस्तबहादुर स्याङ्तानलाई भरुवा बन्दुक १ थान र करिब १० ग्राम बारुद सहित प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हस्तबहादुरलाई भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा फेला पारी बन्दुक सहित उनलाई पक्राउ गरेको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ ।