काठमाडौं, माघ १२: छुट्टाछुट्टै स्थान भक्तपुर र कैलालीका विभिन्न स्थानमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा २४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका–९ च्यामासिंहस्थित सोही नगरपालिका–४ राम मन्दिरका ३६ वर्षीय सुदर्शन शाहीको मासु पसलमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८का २७ वर्षीय निरज शाही सहित १० जनालाई नगद ७३ हजार २ सय १० रुपैयाँ र तास ६ बुक सहित प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै कैलाली घोडाघोडी नगरपालिका–१ सुख्खडस्थित मिलन होटलमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई नगद ४० हजार १ सय ३५ रुपैयाँ र तास ३ बुक सहित प्रहरीले पक्राउ गरेको छ । यस विषयमा स्थानीय प्रहरीले पथ अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ ।