काठमाडौं, माघ १२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृ संगठनहरुले सरकारविरुद्ध आइतबार संयुक्त प्रदर्शन गर्ने भएका छन् । नेविसंघ, नेपाल तरुण दल र नेपाल महिला संघले आइतबार संयुक्त प्रदर्शन गर्ने भएका हुन् ।
“संसदीय व्यवस्थामाथि धावा वोल्न थालेको ओली नेतृत्वको सर्वसत्तावाद उन्मुख कम्युनिष्ट सरकारका विरुद्ध तीन वर्गीय संगठन संयुक्त प्रदर्शनमा उत्रिन लागेका हौं,” नेविसंघ अध्यक्ष नैनसिंह महरले भने ।