काठमाडौँ, माघ १२ : सिराहा लहानबाट सवारी दुर्घटनाको घाइते बोकी काठमाडौं आउँदै गरेको एम्बुलेन्स भक्तपुरको सूर्यविनायक नगरपालिकाको साँगामा दुर्घटनामा परेको छ । घाइते बोकी आएको एम्बुलेन्स सडकबाट करिब सय मिटर तल खस्दा चालक सहित ६ जना घाइते भएका छन् ।
यादव सेवा समाजको ज १च १४९० नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडकबाट खोल्सामा खसेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार एम्बुलेन्स चालक सहित घाइते र उनका आफन्त घाइते भएका हुन् ।
एम्बुलेन्समा सवार पाँच जना घाइतेहरूलाई उपचारका लागि सल्लाघारीस्थित डा।इवामुरा अस्पताल लगिएको छ । चालकलाई उपचारका लागि मध्यपुर अस्पताल थिमीबाट त्रिवि शिक्षण अस्पताल रिफर गरिएको छ ।
दुर्घटनामा परी घाइते भएकामा एम्बुलेन्स चालक दोलखा जिल्ला सिँगटी घर भई हाल काठमाण्डौ कपन बस्ने २५ वर्षिय सन्तोष तामाङ, सर्लाही लालबन्दी नगरपालिका– १४ घर भई हाल काठमाडौं कपन बस्ने २१ वर्षीय वीरबहादुर लुङगेली, उदयपुर कटारी बस्ने ३५ वर्षीय मोहनबहादुर न्यौपाने, धनुषा ढल्केबर बस्ने ७१ वर्षीय झलकबहादुर खड्का, सोही स्थानमा बस्ने ३७ वर्षिया घनकुमारी खड्का र ७१ वर्षिया बाटुला खड्का रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी मा थप उपचारका लागि पाँचैजनालाई न्युरो अस्पताल बाँसवारी रिफर गरिएको प्रनाउ पोखरेलले जानकारी