काठमाडौं, माघ ११ : संसद्बाट चिकित्सा विधेयक पास भए पनि अनशनरत डा गोविन्द केसी अनशन जारी राख्ने बताएका छन् । आफूसंँग १५औँ अनशनमा भएको सहमतिविपरीत विधेयक पारित गरेको भन्दै आफ्नो अनशन जारी रहने बताएका हुन् ।
शुक्रबार दिउँसो एक बजे बसेको संघीय संसदको बैठकले बहुमतका साथ विधेयक पास गरे पनि आफूसँग भएको सहमतिको आधारमै चिकित्सा शिक्षा विधेयक संसदबाट पास नभएसम्म आफ्नो अनशन नरोकिने केसीको भनाइ उदृत गर्दै केसीको सहयोगी डा अभिषेकराज सिंहले बताए।
अनसनस्थलबाट संक्षिप्त प्रतिक्रिया दिँदै डा केसीले भने, ‘यो ३ करोड नेपाली जनातामाथिको धोका हो।’ उनले संसदले विधेयक पारित गरे पनि आफ्नो अडान नछाड्ने बताएका छन्। चिकित्सा शिक्षा सुधारका लागि मेरो अनसन निरन्तर रहने छ।’
यसअघि आफ्नो सम्झौताविपरीत विधेयक पास भए १६औँ सत्याग्रह सुरु गर्ने पटकपटकको समय दिँदै आएका थिए। तर, आफूसँग भएका सहमतिविपरीत विधेयक शिक्षा तथा स्वास्थ्य समितिबाट पास भए पछि गत पुस २५ गते डा केसीले इलामको सहरी विकास परियोजनाको कार्यालय परिसरबाट अनशन सुरु गरेका थिए।
पछि केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि गत माघ तीन गते बिहीबार राति डा केसीलाई नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो।