खाेरबाट कुखुरा निकाल्दा चितुवा निस्केरपछि …

रिपोर्ट नेपाल | 2019 Jan 25 | 03:56 pm 2281

तम्घास,  माघ  ११ : गुल्मीको इस्मा गाउँपालिका–३ अन्तर्गत एक व्यक्तिको घर चितुवा पसेपछि यतिबेला चितुवा हेर्न जानेको घुइँचो लागेको छ ।

इस्मा गाउँपालिका–३ स्थित पूर्णप्रसाद खरेलको घरसँगैकोे खोरमा पसेको चितुवा आज बिहान कुखुरा निकाल्न जाँदा कुखुरासँगै चितुवा पनि बाहिर निस्केर खरेलको हात र खुट्टामा चिथोरेर मानिस सुत्ने कोठाभित्र पसेको थियो । उनी सामान्य घाइते भएकोे घटनास्थल पुगेका डिभिजन वन कार्यालयका नासु नवीनपन्थीले जानकारी दिए ।

चितुवा घरभित्र पसेको जानकारी पाएपछि आज बिहान उक्त कार्यालयका प्रमुख रवीन्द्र महर्जनको नेतृत्वमा बाघखोरसहितको टोली घटनास्थल पुगिसकेको बताइएको छ ।  जिल्लामा पछिल्लो समयसदरमुकाम तम्घासलगायत ग्रामीण क्षेत्रमा चितुवाको बिगबिगी बढ्दै गएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.