नेपाल र युएईबीच हुने सिरिजको ट्रफी सार्वजनिक, आज पहिलो खेल

| 2019 Jan 25 | 07:22 am 1955

काठमाडौं, माघ ११ : नेपाल र युएईबीच हुने क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ। युएईमा दुवै टोलीका कप्तानको उपस्थितिमा ट्रफी सार्वजनिक गरिएको हो।

नेपाल र युएईबीच तीन एकदिवसीय र तीन टी–ट्वान्टी श्रृङ्खला हुँदैछन्। पहिलो एकदिवसीय खेल शुक्रबार नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि हुनेछ। प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ। प्रतियाेगिताका लागि नेपाली टाेली गत मंगलबार त्यसतर्फ प्रस्थान गरेको थियो।

नेपालले यही माघ ११, १२ र १४ गते एक दिवसीय खेल खेल्नेछ। त्यसपछि माघ १७, १८ र २० गते टी–ट्वान्टी सिरिज खेल्नेछ। एक दिवसीय मान्यता पाएपछि युएईविरुद्धको शृंखला नेपालका लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय शृखंला हुनेछ।

सहभागी खेलाडीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), सन्दीप लामिछाने, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी र विनोद भण्डारी छन्।

त्यस्तै भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोरा छन्। भीम अविनाश, पवन र सन्दिपले सिनियर राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका हुन। वैकल्पिकतर्फ भने ललितसिंह भण्डारी, विक्रम सोब र सुशन भारी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.