‘कांग्रेसले डा. केसीलाई बलिको बोको बनायो’- सचेतक गुरुङ

रिपोर्ट नेपाल | 2019 Jan 24 | 05:17 pm 2081

काठमाडौं, माघ १० : प्रमुुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डा. गोविन्द केसीलाई हतियारका रुपमा प्रयोग गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचेतक देव गुरुङले आरोप लगाएका छन् । कांग्रेसले लगातार संसद बैठक अबरुद्ध गरेपछि नेकपा सचेतकले यस्तो आरोप लगाएका हुन् ।

‘कांग्रेसले नै डा. गोविन्द केसीलाई अनसन बसालेको छ, यसमा कतै भ्रम छैन’, नेकपा सचेतक गुरुङले भने ‘डा. केसी अनशन बसालेर आफ्नो स्वार्थ पुरा गर्न कांग्रेसले चाहेको छ त्यो चाहना पुरा हुँदैन ।’

गुरुङले डा. केसीलाई कांग्रेसले बलिको बोको बनाएको बताए । डा. केसीले राखेका अधिकांस माग पुरा भइसकेको बताउँदै गुरुडले संसदीय समितिबाट पारित भएर आएको बिधेयकलाई फिर्ता र संशोधन गर्न नसकिने बताए ।

कांग्रेसले आफ्ना दुई नेताका नाममा सञ्चालित अस्पतालहरुलाई संघ सरकारको मातहत नल्याएको भन्दै संसद अबरुद्ध  गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.