नेविसंघका नेताद्वारा पार्टी कार्यलय घेराउ

रिपोर्ट नेपाल | 2019 Jan 24 | 03:24 pm 1360

काठमाडौं, माघ १० : नेपाली काँग्रेसका भातृ संठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काँग्रेसको केन्द्रीय कार्यालय घेराउ गरेकाे छ ।  काँग्रेसको सानेपामा जारी बैठकमा मनोजगणी आचार्य, मोती राम भण्डारी लगायतका विद्यार्थी नेताहरू नेविसंघको वर्तमान नेतृत्वलाई बर्खास्त गर्न माग गर्दै पार्टी कार्यालय घेराउन गरेका हुन् ।

तस्वीर : माेती भण्डारी

नैनसिंह महरको नेतृत्वमा रहेको नेविसंघको म्याद समाप्त भएर तीन पटकसम्म म्याद थप गर्दा समेत महाधिवेशन गराउन नसेकेको भन्दै कार्य समिति विगठन गरेर तदार्य समिति गठन गर्नु पर्ने मागसहित पर्टाी कार्यालय घेराउ गरेको एक विद्यार्थी नेता मोती भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार यो नेतृत्व विगठन नभएर आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनमा समेत नेविसंघको लज्जास्पद पराजय हुने भएकोले नेविसंघको विधानको धारा ४२ को १ त अनुसार तदर्य समिति गठनको माग राखिएको थियो । घेराउ कार्यक्रम विद्यार्थीले नेर्तत्वलाई खबरदारी गर्दै चर्को नारा लगाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.