डोटी, माघ ९ : मौसमी परिवर्तका कारण मुलुकभर पानी र उच्च हिमाली जिल्लाहरुमा हिमपात भएको छ । त्यस्तै पानी परेसँगै चट्याङ लागेको छ चट्याङले डोटीको जिल्ला प्रहरी कार्यालय परिसरमा सुरक्षाका लागि जडान गरिएका सिसी क्यामेरामा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयले गत केही महिना पहिले जडान गरेका आठ सिसी क्यामेरामा क्षति पुगेको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए । चट्याङकै कारण जिल्लाका विभिन्न सरकारी कार्यालयका टेलिफोन र कम्प्युटरमा पनि क्षति पुगेको जानकारी आएको प्रहरीले जानकारी दिए ।
जिल्लामा रहेका अधिकांश कार्यालय तथा व्यक्तिका घरमा जडान गरिएका इण्टरनेट सञ्चालन गर्ने राउटर, फोन, टेलिभिजन लगायतसामाग्रीमा समेतमा क्षति पुगेको बताए । राउटर बिग्रेपछि अहिले सदरमुकाममा इण्टरनेट सेवा बन्द भएको जानकारी छ ।