काठमाडौँ, माघ ९: मंगलबार पश्चिमी क्षेत्रमा भएको वर्षा बुधबार उपत्यकामा पसेको छ। सोमबारदेखि नै सुदुरपश्चिम र मध्य क्षेत्रका हिमाली र उच्च पहाडी स्थानहरुमा वर्षासहित हिमपात पनि भइरहेको छ।
उपत्यकासहित देशका मध्य र पश्चिम क्षेत्रमा बुधबार बेलुकासम्म नै पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ। विभागले मध्य भागका अधिकांश क्षेत्र र पश्चिमका धेरैजसो भागमा साँझसम्मै वर्षा हुने बताएको हो ।
काठमाडौंमा बुधबार 6:३० बजेसम्म ५.५ मिलिलिटर वर्षा मापन भएको विभागले जनाएको छ।
रातिदेखि परेको पानी बुधबार दिउँसो केही समय रोकिए पनि बेलुकीपखबाट फेरि सुरु हुने मौसमविद् जनाएको छ। सुदुरपश्चिमबाट सक्रिय भएको पानी पर्ने प्रणाली बिहिबारदेखि पुर्वमा सक्रिय हुने भएको छ।


