बीपी राजमार्गको नाम परिवर्तन गरेर केपी राजमार्ग राख्नु : विजयकुमार गच्छदार

रिपोर्ट नेपाल | 2019 Jan 21 | 05:32 pm 1832

काठमाडौं, माघ  ७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्ववर्ती सरकारले गरेका निर्णय नउल्टाउन चेतावनी दिएको छ । प्रतिनिधिसभाको सोमवार बसेको बैठकको शुरूमा समय लिएर नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले वर्तमान सरकारले कांग्रेसको इतिहास मेट्न खोजेको आरोप लगाएका हुन् ।

बैठकमा गच्छदारले सरकारलाई बीपी राजमार्गको नाम परिवर्तन गरेर केपी शर्मा राजमार्ग राख्न चुनौती समेत दिए । सरकारले पूर्व प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल खारेज गर्ने निर्णय गरेर लोकतन्त्रको इतिहास नै मेट्न खोजेको पनि बताए ।

नेता गच्छदारले गणतन्त्र र संबिधान घोषणा गर्ने पूर्व प्रधानमन्त्रीहरुको नाम मेटाउन खोज्ने सरकारको प्रयासले संसदको समेत अपमान गरेको गच्छदारको भनाई थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.