कास्की, माघ ६ पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोकबाट कास्कीका विभिन्न ठाउँमा चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१० घलेचोक बस्ने राप्ती नगरपालिका–११ चितवनका १९ वर्षीय सुनिल श्रेष्ठ, पोखरा महानगरपालिका–२५ हेम्जा बस्ने जैमिने नगरपालिका–९ बाग्लुङका खुमप्रसाद थापा, पोखरा महानगरपालिका–९ पृथ्वीचोकका २३ वर्षीय गगन खवास रहेका छन् ।
वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट नेपाली रूपैयाँ २० हजार ६ सय १०, भारतिय रूपैयाँ ३०, कतारी दिनार १ सय ५०, सुनौलो रङको १७ टुक्रा करिब ६९ लाल, सुनौलो कानमा लाउने टप र मुद्रा २ः२ थान, सेतो रङको विभिन्न गरगहानाहरू, विभिन्न कम्पनीका मोबायलहरू, घडी २ थान र घरफोडने औजारहरू समेत प्रहरीले बरामद गरेको छ ।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।