चितुवाको छालासहित एक पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 20 | 07:19 pm 1721

सुर्खेत, माघ ६ : प्रहरीले दुई वटा चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ। आइतबार वीरेन्द्रनगर–३ एरिचोकबाट चितुवाको दुई वटा छालासहित राष्टकोट नगरपालिका–४ स्यूना कालिकोटका २९ वर्षीय टंकप्रसाद उपाध्यायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक वशन्त रजौरेले जानकारी दिए।

५ नम्वर प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले एरिचोकको भिजिट रारा कर्णाली होटलबाट दिउँसो साढे तीन बजेतिर चितुवाको छालासहित उपाध्यायलाई पक्राउ गरेको उनले जानकारी दिए। पक्राउ परेका उपाध्यायलाई छालासहित डिभिजन वन कार्यालय सुर्खेतमा बुझाइने छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.