महिला तथा बालहिंसा अन्त्यका अभियान सञ्चालन गरिने

रिपोर्ट नेपाल | 2019 Jan 20 | 02:28 pm 2043

काठमाडौं, माघ ६ : सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकामाथिको हिंसा अन्त्यका लागि नेपाल प्रहरीले अभियान नै सञ्चालन गर्ने भएको छ।

आइतबार महानगरीय परिसर, टेकुको हाताभित्र निर्माण गरिएको नागरिक सहायता कक्ष भवनको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकाकाे हिंसा अन्त्यका लागि अभियान सञ्चालन गर्ने बताएका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै महानिरीक्षक खनालले शान्ति सुरक्षालाई सुदृढ बनाउने र समाजको विकासमा पनि योगदान गर्दै लैजाने योजना एकैसाथ अघि बढाउने बताए । त्यसका लागि महिला सञ्जाल र महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संघ, संस्थाहरुसँग सहकार्य गरेर अघि बढने योजना समेत स्पष्ट पारे।

प्रहरी महानिरीक्षक खनालले नेपालमा प्रहरी र नागरिक समाजबीचको सम्बन्ध विकसित देशहरुको भन्दा सुमधुर रहेको पनि बताए । सो भवन नेपाल बंगलादेश बैंकको १९ लाख ५० हजार आर्थिक सहायतामा निर्माण गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.