काठमाडौं, माघ ५ : गायिका अन्जु पन्त र गायक तथा सङ्गीतकार मनोजराजको स्वरमा ‘सम्झे पनि तिम्रो याद…’ बोलको नयाँ गजल सार्वजनिक भएको छ । गजलकार सुरेश वाग्लेको एकल एल्वम ‘तिमी साथ भएपछि’मा समावेस शुक्रबार सार्वजनिक गजलमा गजलकार वाग्लेको शब्द तथा मनोजराजकै सङ्गीत रहेको छ ।
निकेश खड्काको निर्देशनमा तयार भएको सार्वजनिक गीतको म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की, मोडल अनिल थापा र गजलकार वाग्ले स्वयंको अभिनय देख्न सकिन्छ । सार्वजनिक गीतलाई सचिन सिंहले एरेन्ज गरेका हुन् ।
डिभोर्सपछि पहिलो पटक अन्जु पन्त र मनोजराजले यसै गीतमार्फत् साङ्गीतिक सहकार्य सुरु गरेका हुन् । गीतको भिडियो सार्वजनिक सम्बन्धमा कुरा गर्दै रचनाकार वाग्लेले अन्जु पन्त र मनोजराज सङ्ग आफ्नो निकै पुरानो चिनजान रहेको बताउँदै उनीहरूको पारिवारीक सम्बन्धभन्दा टाढा रहेर साङ्गीतक यात्रालाई निकट बनाएको जानकारी दिए ।
उक्त गजल करिव १५ वर्ष अघि उनीहरूले स्टेजमा गाउने गरेको सम्झँदै वाग्लेले आफ्नो विशेष पहलमा उनीहरूलाई फेरि सङ्गै गाउने वातावरण तयार गरेको जानकारी दिए ।
भिडियो