काठमाडौं, माघ ५ : छुट्टाछुट्टै स्थान पर्सा र मोरङबाट अवैध लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने धोडेमसानबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३१ केजी र चरेश १ केजी सहित मकवानपुर कालिका गाउँपालिका–२ का १८ वर्षीय महेश योञ्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी योञ्जनलाई पक्राउ गरेको हो ।
त्यस्तै मोरङको बिराटनगर महानगरपालिका–१५ बाट महानगरपालिका–११ का २० वर्षीय दुर्गाबहादुर खत्रीलाई प्रतिबन्धित लागूऔषध लुपिजेशिक ९ एम्पुल, एभिल १ एम्पुल र सिरिन्ज ९ पिस सहित आज शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले चेकजाँच गर्नेक्रममा लुकाईछिपाई ल्याएको लागूऔषध सहित खत्रीलाई पक्राउ गरेको हो । यस विषयमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।