यसरी हुन्छ नेपालमा ८६ करोडको तयारी मासु तथा माछाको आयात

रिपोर्ट नेपाल | 2019 Jan 19 | 05:39 pm 2747

काठमाडौँ, माघ ५ :  कृषि प्रधान देश भएर पनि उत्पादन हुन नसक्दा चालु आर्थिक वर्षको पहिलो पाँच महीनामा ४२ लाख ८९ हजार ७ सय ३८ केजी तयारी मासु तथा माछा नेपालमा आयात भएको छ ।

भन्सार विभागको अनुसार चालु आर्थिक वर्षको आयात विवरणमा गएको पाँच महीनामा करीब ८५ करोड ५६ लाख दुई हजार मूल्य बराबरको हाडरहित मासु, माछा, घुङ्गी आयात भएको जानकारी दिएका छन् ।

नेपालमा आयात हुने ती माछा र मासु भारत, फ्रान्स, इटली, नेदरल्याण्डस्, थाइल्याण्ड, चीन, अष्ट्रेलिया, नर्वे, भियतनाम, बङ्गलादेश, सिङ्गापुर, जापान, गरी १२ देशबाट अष्ट्रिच, टर्की, हाँस, बङ्गुर, भेडा, कुखुरा र विभिन्न थरीका माछा, झिङ्गे माछा तथा समुद्रमा पाइने विभिन्न जीवका तयारी मासु आयात भएको छ।

नेपालसम्म ल्याउनका लागि ती परिकारलाई भिन्न भिन्न किसिमले ग्रेडिङ गरेका हुन्छन् जसमा आगोमा सेकाएको, सग्लो तर मरेको, बरफले ढाकिएको र जिउँदो माछा आयात भएको छ ।

आयात भएको जिउँदो माछा बाहेक अन्य वस्तु नेपालका तारे होटेलमा खपत हुने गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालमा निर्यातभन्दा आयातको अंश २३ प्रतिशतले बढेको उल्लेख छ । ११.२ प्रतिशत निर्यात हुँदा ३४.०२ प्रतिशतले आयात बढेको छ ।

चालु आर्थिक वर्षको पाँच महीनामा कूल आयात छ खर्ब सात अर्ब छ भने निर्यात ३७ अर्ब ५० करोडमा सीमित रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.