दुई महिलालाई खुकुरी प्रहार गरी आत्महत्या

रिपोर्ट नेपाल | 2019 Jan 19 | 01:27 pm 1533

भद्रपुर, माघ ५ :  अर्जुनधारा नगरपालिका–१० कालिझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले छिमेकी दुई महिलालाई खुकुरीले प्रहार गरी आफूले आत्महत्या गरेका छन् ।

मृतकलाई शनिबार बिहान छिमेकी महिलाको घर नजिक खोल्सीमा घाँटी सेरिएर मृत्यु भइसकेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मृतक पोखरेलले शनिबार बिहान सोही वडाका २४ वर्षीया जमुना ओझा र १९ वर्षीय बालकुमारी भारतीलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

ती महिलालाई खुकुरी प्रहार गरी घाइते बनाएपछि पोखरेलले घाँटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ । घाइते दुबै महिलालाई बिएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आक्रमणमा घाइते भएकी ओझाका पति वैदेशिक रोजगारीका क्रममा दुबई रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.