अज्ञात समुहद्वारा सुर्खेतमा मालबाहक ट्रकमा आगजनी

रिपोर्ट नेपाल | 2019 Jan 19 | 10:24 am 1818

सुर्खेत, माघ ५ :  नेकपाले आह्वान गरेको एक दिने सुर्खेत बन्द अवज्ञा गरेको भन्दै दुई वटा ट्रकमा आगजनी गरेका छन् । बन्दकर्ताले शनिबार बिहान बराहताल गाउँपालिका, ५ मा मिनिट्रक र भेरीगंगा नगरपालिका, २ मा मालबाहक ट्रकमा आगजनी गरेका हुन् ।

आगजनीबाट ना ६ ख ७३१३ र ना ६ ख १७३२ नम्बरको ट्रक जलेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बन्दले गर्दा सुर्खेतबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैन । शनिबार बिहान सुर्खेत पुग्ने रात्रि सेवाका सवारी साधन प्रहरीले स्किटङ गरी गन्तव्यमा पुर्यारइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.