फरार अभियुक्त १९ वर्षपछि पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 18 | 09:01 pm 2213

बारा, माघ ४ कर्तव्य ज्यान मुद्दामा फरार रहेको एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा करैयामाई गाउँपालिका वडा नम्बर–४ का वर्ष ७२ को मनिर मियाँ अंसारीलाई रहेको छ ।

कर्तव्य ज्यान मुद्दामा मियाँलाई सर्वोच्च अदालतले २०५६ कात्तिक २० गते गरेको फैसाला अनुसार २१ वर्ष ६ महिना कैद तोकेको थियो । उक्त फैसला पश्चात् उनी फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले लुकी छिपी बसेको अवस्थामा आज शुक्रबार फेला पारी पक्राउ गरीएको छ । अभियुक्तलाई बारा जिल्ला अदालतमा पेश गरिएकोमा आजै अदालतको आदेशले उनलाई तोकिएको कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पर्सामा पठाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.